‘राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रहार भयो’- कांग्रेस प्रवक्ता डा. महत



पोखरा

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सदनबाट पारित भएको पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका हुन् । 

‘संसद्का दुवै सदनबाट दुईदुई पटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर सम्माननीय राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको छ’, कांग्रेस प्रवक्ता महतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja