महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै



पोखरा

माल्दिभ्समा भइरहेको महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । श्रीलंकाले भने भुटानलाई ९८–३३ ले सहजै हराएको थियो ।

भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि उपाधि जित्ने लक्ष्य राखेको नेपालसामु पहिलो हारले चुनौती थपिएको छ । पहिलो जितको खोजीमा रहेको नेपालका लागि श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja