पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि



पोखरा

पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार ८४ जना निको भएका छन् ।

जसमध्‍ये १ हजार १३० जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइशोलेशन र १० जना आईसीयूमा छन् ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja