फिलिपिन्समा आँधीका कारण ५ जना उद्धारकर्ताको मृत्यु



पोखरा

फिलिपिन्सको मुख्य टापु लुजोनमा आएको शक्तिशाली आँधीका कारण  ५ जना उद्धारकर्ताको मृत्यु भएको छ। 

बुलाकान क्षेत्रका गभर्नर ड्यानियल फर्नान्डोले प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका पाँच जना कर्मचारीलाई सान मिगुएल जिल्लामा उद्धार कार्य गरिरहेको बेला बाढीले बगाएको जानकारी दिएका हुन् । 

नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर हावाको गतिसहित  आएको त्यहाँको  मौसम पूर्वानुमान विज्ञहरूले जनाएका छन् । अहिले सो क्षेत्रमा बाढी आएको र लाखौँ मानिस विस्थापित भएका छन् । घरहरूमा विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja