अमेरिकामा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु



पोखरा

अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार भएको उक्त दुर्घटनाको बोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । सेस्ना १७२ र सोनेक्स जेनोक्स नामक दुई विमान बीच आकाशमा ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

कोलोराडो राज्यको लङ्गमनस्थित भान्स ब्राण्ड विमानस्थल नजिकै दुर्घटना भएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ । बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ ।

एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja