भारतमा भारी वर्षाका कारण कच्ची घर भत्किदा ३ बालबालिकाको मृत्यु



पोखरा

भारतको उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्किदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बच्चासहित ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।

यता, उत्तर प्रदेशको उन्नाव क्षेत्रमा पनि भारी वर्षाका कारण कच्ची घरको छत भत्किदा ३ जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय सरकारले घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

भारी वर्षापछि लखनउ क्षेत्रका अधिकाशं विद्यालय बन्द गरिएको छ । उत्तर प्रदेशको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति समेत बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja