पिपुल्स हाइड्रोपावरको आइपीओ खुला



पोखरा

पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि  ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ ।

लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुले २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ ।  जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा असोज १४ गतेसम्म र ढीलोमा असोज ३० गतेसम्म आइपीओ खुला रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja