‘श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था आउने चेतावनी’



पोखरा

नेकपा एमालेका सांसद् नवराज सिलवालले नेपालका शासकहरु पनि श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था आउने चेतावनी दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुमा विशेष समय लिएर उनले यस्तो चेतावनी दिएका हुन्। मुलुकको वर्तमान आर्थिक अवस्था खतराको डिलमा रहेको बेलाप्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई हतियार किन्न रकमान्तर गरेको सुचना बाहिरिएको भन्दै उनले कमिसनको खेल भएको आरोप लगाए। अहिलेको पाँच दलीय गठबन्धनको सरकार पनि श्रीलंकाकै बाटोमा हिडेँको उनको विश्लेषण‍ छ ।

सुडान घोटालाको स्मरण गर्दै उनले भने, ‘नेपाल प्रहरीलाई हतियार आवश्यक नभए पनि बिचौलियाहरूले फाइल खडा गरेर राजनीतिक नेतृत्वसँग सेटि‍ङ गरेर भ्रष्टाचार हुन्छ।’ नेपाल प्रहरीलाई अहिले हतियार होइन प्रविधि चाहिएको छ।’ उनले अघि भने।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja