साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ: महामन्त्री गगन थापा



पोखरा

सरकार नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन् ।

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा उनले  ४ र ५ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मितिबारे निर्णय गर्ने जानकारी दिएका हुन् । आउने निर्वाचनका लागि तयारीमा छुट्न निर्देशन दिँदै महामन्त्री थापाले मतदातालाई मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यमा पनि सहजीकरण गर्न बताए ।

निर्वाचन आयोगले २ मंसिरमा एकैचरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसमक्ष सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja