योगेश भट्टराई: अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ



पोखरा

नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । उनले सरकारी डकुमेन्ट गायब बनाएको र सीसीटीभि फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे । उक्त घटनाका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग गरेको उनको भनाई छ । उनले छानविन समिति गठन भएपनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे । 

त्यस्तै उनले सीसीटीभि फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja