कांग्रेसका उपसभापति धनराज गुरुङद्वारा गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी



पोखरा

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा नेता गुरुङले यस्तो बताएका हुन् ।

पाँच दलीय सत्ता गठन्धनलाई आकाशमा उडिरहेको विमानसँग तुलना गर्दै गुरुङले गठबन्धनरुपी विमान सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताएका थिए । साथै आगामी मंसिरपछि मात्रै उक्त ‘विमान’ले सुरक्षित अवतरण गर्नसक्ने उनको आकलन थियो ।

संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरूले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्न नहुने उनको तर्क थियो । ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौं । जहाज उडिसकेको छ । आकाशामा छ । तर ल्याण्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्याण्डिङ गर्नुपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ,’ उपसभापति गुरुङले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja