पोखरामा सवारी दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु



पोखरा

पोखराको महानगरपालिका– १३ गौडामुखमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

गए राति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा लमजुङ घर भई हाल पोखरा– १३ भद्रकाली बस्ने अन्दाजी ५३ वर्षीया जुनाकुमारी गुरुङको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja