पोखरा महानगरपालिका वडा नं. ४ मा भासियो सडक



पोखरा

अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. ४ मा एक टोलको सडक भासिएको छ । 

पोखरा-५ र पोखरा-२ को संगम फिर्केपुलबाट पोखरा-४ को गणेशटोल छिर्नेे सडकको बूढानीलकण्ठ मन्दिर नजिकै भासिएको हो । सडक करिब १५ मिटर भासिएका कारण सवारी आवत-जावत गर्न मिल्दैन । 

सडक भासिदा किरियाकर्म भवनमा पनि असर पुर्याएको छ । भवनको बाहिरी बनोट ठीक अवस्थामा रहेपनि भित्रि भागमा क्षति पुगेको छ । भवनको ठीक मुनि फिर्केखोला छ । त्यस आसपासमा गत वर्ष पनि भासिएको थियो ।

सडक भासिएपछि पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ, वडाध्यक्ष देवकृष्ण पराजुलीसहितको टोलीले स्थलगत अवलोकन गरेर फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja