यौन दुराचारको आरोपमा कास्कीकाे ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ



पोखरा

कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञानज्योति बोर्डिङ स्कूलका सञ्चालकलाई यौन दुराचारको आरोप लागेको छ । स्कुलका छात्रहरुलाई सञ्चालक रामचन्द्र शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले स्कूलका सञ्चालक ४८ वर्षका शाहीलाई पक्राउ गरेकाे छ । पक्राउ परेका शाही विरुद्ध बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

घटनाबारे विद्यार्थी र स्कुल प्रशासनबिच बिहिबार छलफल भएपनि विवाद नटुङ्गिएपछि शुक्रबार विद्यालय बन्दसमेत गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja