म्याग्दीको विकट गाउँ गुर्जामा लाखौ रुपैयाको स्वास्थ्य सामाग्री प्रदान



file Image

पोखरा

म्याग्दीको विकट गाउँ गुर्जामा लाखौ रुपैयाको स्वास्थ्य सामाग्री प्रदान गरीएको छ ।

ग्रामीण भेगका स्थानीयवासीको स्वास्थ्य सेवामा सहज होस भन्ने हेतुका साथ द नानोम प्लस नामक कोरीयन संस्थाले गुर्जामा १४ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सोही गाउँमा जन्मीएका अमर छन्त्यालको समन्वयमा संस्थाले गुर्जा हेल्थ पोष्टमा अत्याधुनिक इएनटी मेसीन जडान गर्नुका साथै अक्सिजन कन्सर्नट्रेटरसहित विभिन्न पाँच किसीमका स्वास्थ्य उपकरण समेत सहयोग गरेको हो । धवलागिरी गाउँपालिका वडा नंम्बर १ स्थित अति विकट गुर्जा गाउँ म्याग्दीको सबैभन्दा माथिल्लो गाउँ हो ।

स्वास्थ्य सामागीै प्रदानसँगै संस्थाले गाउँमा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । शिविरमा गाउँका दुई सय भन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए । द नानोम प्लसका संस्थापक अध्यक्ष लिम जंङ्ग हि को उपस्थितीमा सम्पन्न शिविरले स्थानीयको स्वास्थ्य अवस्थाका बारे जान्न र सचेतना फैलाउन सहयोग पुगेको शिविरमा संग्लग्न चिकित्सक डा. लोकेन्द्र छन्त्यालले जानकारी दिए ।

सन् २०१८ मा हिमाल आरोहण गर्ने क्रममा ५ जना कोरीयन आरोहीको गुर्जामा मृत्यु भएको थियो ।त्यस घटनाको स्मरणमा गुर्जाको भौगोलिक अवस्था र मानवीय अवस्थालाई मध्यनजर गर्दै सहयोगको भावना जागेको संस्थाकी संस्थापक लिमको भनाई छ । कोरीयामा स्वतस्फूर्त रुपमा सहयोग उठाएर नेपालको गुर्जामा सहयोग गरेको पनि उनले जानकारी दिईन् ।हिमाल आरोहण र गुर्जाको दृश्य समेटेर कोरीयामा चलचित्र समेत निर्माण भएको थियो ।
निबन्ध प्रतियोगिताका विजयीलाई कोरीया भ्रमणमा लैजाने

संस्थाका सदस्यहरु गाउँ पुगेकै अवसरमा निबन्ध प्रतियोगिता समेत आयोजना गरीएको थियो । स्थानीय छिस्वाङमा अवस्थित शारदा माविमा सम्पन्न प्रतियोगितामा ६५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । “नेपालको माया” अन्र्तगत ‘मेरो उज्वल भविष्य मेरो सपना’ विषयक निबन्ध प्रतियोगितामा विजयी बनेका तीन जना विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरीनुका साथै संस्थाको प्रायोजनमा कोरीया भ्रमण समेत तय गरीएको छ ।

कोभिडका कारण तत्काल विद्यार्थीलाई भ्रमणमा लैजान असम्भव भएपछि आगामी सेप्टेम्बरमा संस्थाले लैजाने तयारी गरेको छ । प्रतियोगितामा रुविना छन्त्याल प्रथम भएकी थिईन भने टोपमाया छन्त्याल दित्तिय तथा कुशल छन्त्याल तृतिय भएका थिए । उनीहरुले क्रमश नगद १५, १० र पाँच हजार पुरस्कार पाईसकेका छन् भने एक हप्ताको कोरीया भ्रमणको अवसर पनि पक्का गरेका छन् ।

संस्थाले विद्यार्थीहरुलाई पुस्तक अध्ययनमा अभिपे्ररीत गर्ने उदेश्यका साथ गाउँमा पुस्तकालय स्थापनाको लक्ष्य पनि लिएको छ । त्यस्तै संस्थाले चितवन र काठमाडौमा पनि पुस्तकालय स्थापनाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja