पाेखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण



पाेखरा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौलाकाे सफल प्रत्यारोपण गरेका हुन् ।  यो नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक गरिएको मिर्गौला प्रत्यारोपण हो।

भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. भरत खत्रीले जनाएका छन्। प्रत्यारोपण गरिएका बिरामीको नाम गोप्य राखिएको छ।  मिर्गौला प्रत्यारोपण गरिएकी महिलालाई उनकै श्रीमानले मिर्गौला दिएका हुन्। अहिलेपनि गण्डकी प्रदेशभरी सयौँको संख्यामा मिर्गौला फेल भई क्षेत्रीय लगायत अस्पतालमा डायलाइसिस गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja