कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान उत्साहित



पोखरा

सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् ।

यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ । बेनी नगरपालिका– २ खबरामा तरकारी खेती गर्दै आएका जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले सरकारले यस पटकको बजेटमा कृषि क्षेत्रमा प्राथमिकता दिई किसानलाई विभिन्न सहयोग र अनुदानका साथै कृषि पेन्सनको व्यवस्था गरेकोमा प्रशन्नता व्यक्त गर्दै कार्यान्वय भएमा किसानले ठूलो राहत पाउन सक्ने बताए।

त्यसैगरी अर्का किसान शोभित सापकोटाले बजेट कृषिमैत्री रहेकोमा खुसी व्यक्त गर्दै किसानलाई प्रोत्साहित गर्ने खालको बजेट कार्यान्वयन राम्रोसँग भएमा किसानको अवस्थामा सुधार हुने विश्वास व्यक्त गरे ।

सरकारले यस पटकको बजेटमा किसानलाई पेन्सन, कृषि एम्बुलेन्स सञ्चालन लगायतका अति महत्वपूर्ण कार्यक्रम ल्याएको बताउँदै उनले यी कार्यक्रम कार्यान्वयन भएमा कृषि क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात हुने विचार व्यक्त गरे ।

मङ्गलाका किसान विष्णु पौडेलले पनि बजेट वक्तव्यमा किसानका लागि थुप्रै कार्यक्रम आएको बताए ।“यसले कम्तीमा पनि हामी खेतबारीमा काम गर्ने वास्तविक किसानका लागि राहत मिल्नुपर्छ”, उनले भने । अनुदान लिनदेखि लिएर कृषि उपकरण एवं औजार पाउनेसम्म पनि राजनीतिक दलका नेताको फेरो समाउनुपर्ने अवस्थाको अन्त्य गरेर बजेट कार्यान्वयनमा इमानदारी र निष्पक्षता अपनाउनुपर्नेमा उनले जोड दिए ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड विनियोजन गरेको जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja