पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी



पोखरा

पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी भएको छ ।

१ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् । उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी काँग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन् ।

सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल र दलित महिला सदस्यमा जुकमाया दमै विजयी भए । यसअघि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो ।

पोखरा-२ मा काँग्रेसको प्यानल विजयी भएको छ । काँग्रेसका दिवसमान प्रधानांगले एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले पराजित गरे । प्रधानांग ९ सय ३९ मतसहित वडाध्यक्षमा विजयी हुँदा शाहले ६ सय ६१ मत पाए ।

खुला सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र भीमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् । वडा नम्बर २ मा यसअघि ३ सय ७१ मतान्तरले काँग्रेस विजयी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja