मोदीको भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउँछ- प्रधानमन्त्री देउवा



पोखरा

प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् ।

२५६६ औँ बुद्धजयन्तीको मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै  प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको सांस्कृतिक सम्बन्ध थप बलियो भएको बताए ।

मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, सांस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए । गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै सांस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja