श्रीलंकामा अविरल वर्षाका कारण भीषण बाढी, २ हजार २९० जना विस्थापित



पोखरा

श्रीलंकामा शनिबारदेखि जारी अविरल वर्षाका कारण भीषण बाढी आएको छ ।

वर्षासँगै बाढी र पहिरो जस्ता उत्पन्न प्राकृतिक विपत्ति उत्पन्न भएको छ । राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपुरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । 

बाढी र पहिरोका कारण जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ ।

प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ।श्रीलंकाका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारीरहने भएकाले सतर्कता अपनाउन आह्वान गरेका छन् ।

सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले अझ धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja