पोखरा महानगरपालिकाको मेयरमा समाजवादीको अग्रता कायमै



पोखरा

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो अग्रता कायम राखेको छ । आइतबार साँझसम्म ३ हजार ५०० मत गनिसक्दासम्म एकीकृत समाजवादीका धनराज आचार्यले ९९ मतले अग्रता लिएका छन् ।

आचार्यले १ हजार ३४९ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले १ हजार २५० मत ल्याएका छन् । मेयर पदका अन्य उम्मेदवार शंकर खरालले १९३ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले ७३ मत ल्याएका छन् ।

उपप्रमुखमा ४५ मतान्तरले नेपाली कांग्रेसकी कोपिला रानाभाट अगाडि छिन् । उनले १ हजार ४५० मत ल्याउँदा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ४०५ मत ल्याएकी छन् ।

पोखरामा मेयर र उपमेयरका लागि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । अहिले महानगरको १, २, १२, २३, २४ र २५ वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja