खेलाडी सञ्जु चौधरी कोठामा झुण्डिएको अवस्थामा मृत फेला



पोखरा

स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

एशियाली खेलकूदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुस्थित घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान साढे ६ बजे झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनको घर नेपालगञ्ज हो।

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन।

घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव पाटन अस्पताल लगिएको छ। सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा चौधरीले स्वर्ण पदक जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja