दक्षिण कोरियामा एकै दिन ४० हजारभन्दा धेरैमा कोरोना पुष्टि



पोखरा

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा धेरै हो । तर, त्यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्लो समय घट्दै गएको थियो । यद्यपि पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ ।

दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी संक्रमित भइसकेका छन् । अघिल्लो दिन यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता त्यसमा केही वृद्धि भएको बताइएको हो ।

तर संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन् । दक्षिण कोरियामा मृत्यु दर पनि कम रहेको बताइएको छ । हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja