चुनाव प्रचारप्रसारका क्रममा माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप



पोखरा

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ ।चुनाव प्रचारप्रसारका क्रममा माओवादी केन्द्र र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।झडपमा परी ६ जना घाइते भएका छन् ।

कांग्रेस त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ भने माओवादीले जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेका कारणले झडप भएको जनाएको छ ।

माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप भएपछि त्यहाँ प्रहरी परिचालन गरिएको रुकुमपश्चिमका डिएसपी विष्णुप्रसाद सोतीले बताउनु भयाे ।जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja