मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई उपस्थिति नगराउन निर्देशन



पोखरा

स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन दिइएको केन्द्रले पत्रमा उल्लेख गरेको छ ।

केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन भनेको हो ।

त्यस अवधिमा विद्यार्थीहरुलाई बैकल्पिक पद्दतीबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।केन्द्रले पत्रमा स्थानीय तहहरुलाई पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja