कास्कीका चारै पालिकामा दिए प्रमुख दलले मनोनयन



पोखरा

कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेद्वारी दर्ता भएको छ । 

आइतबार र सोमबार भएकाे उम्मेदवार मनाेनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेद्वारलेसमेत उम्मेद्वारी दिएका छन् । प्रमुख दलबाट अन्नपूर्णको अध्यक्षमा कांग्रेसका युवराज कुवँर र एमालेका विष्णु केसी उम्मेद्वार बनेका छन् । यस्तै, उपाध्यक्षमा कांग्रेसकी खेमकुमारी गुरुङ र एमालेकी चन्द्रा अधिकारी उम्मेद्वार भएका छन् ।

माछापुच्छ्रेमा एमालेबाट अध्यक्षमा विक्रम गुरुङ र कांग्रेसबाट मिनबहादुर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा एमालेकी सीता तिवारी र कांग्रेसबाट सीता अधिकारीले मनोनयन दर्ता गराए ।

मादीको अध्यक्षमा एमालेबाट महेन्द्र गुरुङ र कांग्रेसबाट देवीजंग गुरुङ तथा उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ र गठबन्धनबाट माओवादी उम्मेद्वार लालबहादुर गुरुङले उपाध्यक्षमा उम्मेद्वारी दिए ।

रुपामा एमालेबाट नवराज ओझा अध्यक्षमा नाम दर्ता गराएका छन् भने कांग्रेसबाट गीमाया गुरुङले मनोनयन दिइन् । उपाध्यक्षमा एमालेकी लालसुब्बा गुरुङ र कांग्रेसका नारायण श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।

माओवादीले चारवटै पालिकामा उपाध्यक्ष मात्रै उठाएको छ । माओवादीबाट अन्नपूर्णमा धर्म तमु, रुपामा नवराज बराल र माछापुच्छ्रेमा प्रविणा अधिकारीले उम्मेद्वारी दिएका छन् ।

अझै गठबन्धन हुने र भागबण्डा मिलाउनका लागि उपाध्यक्षमा मात्रै उम्मेद्वारी परेको बताइएको छ । निर्वाचन अधिकृतको कार्यालय व्यवस्थित नहुँदा उम्मेद्वारहरुले मनोनयनमा समस्या भएको थियो । अहिले पनि मनोनयनका सबै प्रक्रिया सकिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja