रासायनिक मल नपाउदा बागलुङका किसान समस्यामा



पोखरा

मकै खेतमा गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले रासायनिक मल (डिएपी) नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् । 

मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको गोडमेल गर्ने बेला भएको छ । किसानले डिएपी मल नपाएको गुनासो गर्न थालेका छन् । 

हिउँदे बालीमा रासायनिक मलको कम खोजी गर्ने यहाँका किसानले मकै र धानबालीका लागि भने मलको खोजी गर्ने गरेका छन् । पहिलो गोडमेलको समयमा मकैको बिरुवामा प्रयोग गर्दै आएको रासायनिक मल किसानले बजारमा नपाएका हुन् । 

“बजारमा पनि मल पाइएन, यता सहकारीहरूमा पनि मल छैन भन्छन्”, किसानहरु भन्छन्, “मल नपाउँदा मकै बाली बिग्रिन लागेको छ ।” खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङका अनुसार भदौ महिना यता डिएपी मल डिपोमा आएको छैन ।

कर्पोरेशनले कृषि विज्ञको सल्लाहका आधारमा सिङ्गल सुपर फसफेट मल भने वितरण गर्दै आएको छ । यो मलमा नेपाल सरकारको अनुदान छैन । “हामीले विकल्पका रुपमा सिङ्गल सुपर फसफेट किसानलाई उपलब्ध गराइरहेका छौँ, यो मल तीन वटा फ्लेबरमा हुन्छ, सबै फ्लेबरको अभाव छैन, तर डिएपी आउन अझै एक महिना लाग्ने सूचना पाएको छु”, डिपो कार्यालयका प्रमुख मनोज श्रेष्ठले भने, “युरिया मल भने बेलैमा मौज्दात राखेकाले अहिलेलाई अभाव छैन तर किसानले मागेको जति पाएका छैनन् ।” 

बागलुङका अधिकांश पालिकाले मकै पकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् । उन्नत जातको मकै र मकैको बीउ उत्पादनको कार्यक्रमसमेत रहेको बागलुङमा रासायनिक मलको अभावले उत्पादनमा क्षति गर्ने कृषि प्राविधिक बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja