अप्रत्याशित मूल्यवृद्धि भएको भन्दै खरिद अनुगमन कार्यालयमा धर्ना



पोखरा 

निर्माण सामग्रीको अप्रत्याशित रुपमा मूल्यवृद्धि भएर निर्माणको काम अगाडि बढाउन नसकिएको अवस्थामा राज्य मौन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको अगुवामा निर्माण व्यवसायीहरूले खरिद अनुगमन कार्यालयमा धर्ना दिएका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहले अहिले बजारमा भएको अप्रत्याशित मूल्यवृद्धिलाई सम्बोधन गर्न प्रधानमन्त्री लगायत सरोकारवाला सबैलाई जानकारी गराउन ध्यानाकर्षण गराउँदा पनि कुनै सम्बोधन नभएकाले विरोधमा उत्रन बाध्य भएको बताए।

त्यस्तै बिमा निर्देशिकाले निर्माण व्यवसायीहरूको हित नगर्ने भएकाले पनि आफूहरूले बिमा समितिमा पनि धर्ना दिनु परेको उनले जानकारी दिए।महासंघले आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रुपमा विरोधका कार्यक्रमलाई जारी राख्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja