अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको शानदार जीत



पोखरा

त्रिकोणात्मक टि ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ ।

नेपालले दिएको १८४ रनको लक्ष्य भेट्टाउन नसकेपछि पपुवा न्युगिनी पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । नेपालका लागि असिफ शेखले ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए । १८४ रनको लक्ष्य लिएर मैदान उत्रेको पपुवा न्युगिनीले खेल सकिन ४ बल बाँकी छँदै सबै विकेट गुमाएर केबल १६८ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । त्यस्तै, अविनाश बोहोराले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो । मलेशिया समेत सम्मिलित श्रृङ्खलाको दोश्रो खेल भोलि मलेशिया र पपुवा न्युगिनीबीच कीर्तिपुर मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja