सप्तरीमा बियरको बोतल प्रहार गरी एक महिलाको हत्या



पोखरा

सप्तरीमा जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको छ ।

यादवको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।घटनास्थलमा तीन वटा बियरको बोतल समेत भेटिएको छ । तीन वटामध्ये दुईवटा बोतल फुटेको छ ।

यादवले नाकमा लगाएको फूलीसहित अन्य गरगहना पनि लुटिएको पीडित परिवारले बताएका छन् । भुटनीदेवी आइतबार साँझदेखि हराइरहेकी थिइन् । सोमबार बिहान मृत फेला परेको हो । हत्याको अनुसन्धान गर्न जनकपुरबाट कुकुरसहितको विशेष टोली मगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja