कास्की प्रहरीद्धारा लागूऔषध चरेससहित दुई जना पक्राउ



पोखरा

प्रहरीले लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम भूमे गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा–३२ सातमुहाने बस्दै आएकी ५६ वर्षीया कुमारी बुढा र पोखर ३२ खुदीखोला बस्ने १९ वर्षीय विकास थापा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १२ सय ३० ग्राम चरेस बरामद गरेको कास्की प्रहरी प्रवक्त सुन्दर तिवारीले जानकारी दिए ।

पोखरा ३२ स्थित सातमुहानेमा अवैध लागुऔषध चरेसको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको डिएसपी तिवारीले बताए ।

उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja