भारतको एक चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ जना मजदुरको मृत्यु



पोखरा

भारतको बिहारस्थित एक चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ जना मजदुरको मृत्यु भएको छ ।

आइतबार बिहारको मुजफ्फरपुरस्थित एक चाउचाउ उद्योगमा बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी कम्तिमा ६ जना मजदुरको मृत्यु भएको र दर्जन बढी घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

विस्फोट निकै ठूलो भएका कारण ५ किलोमिटरसम्म आवाज सुनिएको थियो । विस्फोटलगत्तै लागेको आगो नियन्त्रण गर्न ५ वटा दमकल परिचालन गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । विस्फोटका कारण नजिकैका संरचनामा समेत क्षति पुगेको समाचारमा उल्लेख छ । हाल चाउचाउ उद्योगमा उद्दार कार्य जारी रहेको छ ।

घटनाबारे पूर्ण विवरण आइनसकेका कारण मृतकको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja