पोखराको पावरहाउसबाट एम्पुल लागु औषधसहित एक युवक पक्राउ



पोखरा

लेखनाथस्थित पावर हाउसबाट अवैध लागु औषधसहित एक युवक पक्राउ परेका छन्।

स्याङ्गजा जिल्ला फेदिखोला गाउँपालिका वडा नं -२ सर्केटारी स्थायी घर भइ हाल पोखरा महानगरपालिका -६ लेकसाइड बस्दै आएका २९ वर्षीय प्रदिप बिक लागु औषधसहित पक्राउ परेको कास्कीका निमित्त प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता दिपक केसीले जानकारी दिए।केसीका अनुसार मंगलबार पृथ्बीराजमार्ग सडक खण्डमा पर्ने पोखरा -३० पावर हाउसचोकमा सवारी चेकजाँच गर्ने क्रममा बिक अवैध लागु औषधसहित पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट डाईजापाम -५१एम्पुल, फेनारगन -५१ एम्पुल र नुर्फिन -५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागु औषध र मोवाइल एक थान वरामद गरेको छ। पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता केसीले बताए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja