विवाह गर्ने योजनामा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी



पोखरा

बलिउडका कैयौं जोडीले हालसम्म आफ्नो सम्बन्धको बारेमा आधिकारिक घोषणा गरिसकेका छन् । रणवीर–आलिया, विक्की–कटरीना र वरुण–नताशापछि फ्यानहरु अर्को जोडीको पनि यस्तै सम्बन्ध देख्न चाहन्छन् भने त्यो जोडी हो कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा ।

यो जोडीको प्रेमचर्चाको खबर फिल्म ‘शेरशाह’बाट नै सुरु भएको थियो । गत राती पनि कियारा सिद्धार्थको घर पुगेकी थिइन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भयो ।

यो जोडीको निकट स्रोतका अनुसार कियारा र सिद्धार्थ अहिले प्रेमको सुरुवाती चरणमा रहेकाले उनीहरुले अहिले नै विवाह गर्ने योजना त बनाएका छैनन् । तर सन् २०२२ नकटाउने उनीहरुबीच आन्तरिक सहमति भएको स्रोतको दाबी छ । सिद्धार्थको कियारासँगको सम्बन्ध फिल्म रिलिज भएपछि पनि निरन्तर छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja