कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढि संक्रामक



पोखरा

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको जनाएको छ ।

आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा भेरियन्टभन्दा ओमिक्रोन संक्रामक भएको र खोपको प्रभावकारिता घटाउने जनाएको हो । तर प्रारम्भिक तथ्यांकबाट डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण कम गम्भीर रहेको पनि डब्ल्यूएचओले प्रष्ट पारेको छ ।

डिसेम्बर ९ सम्म ६३ मुलुकमा ओमिक्रोन फेला परेका छन् ।

नयाँ भेरियन्ट तीव्र गतिमा फैलिनुको कारण अझै प्रष्ट भइसकेको छैन । तर हालसम्म उपलब्ध तथ्यांक हेर्दा ओमिक्रोनले संक्रमण गतिमा डेल्टालाई उछिन्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।

‘तर हाल उपलब्ध तथ्यांक हेर्दा सामुदायमा संक्रमण फैलिन पुग्यो भने ओमिक्रोनले डेल्टा भेरियन्टलाई उछिन्ने देखिन्छ’ डब्ल्यूएचओको विज्ञप्ति उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

प्रारम्भिक तथ्यांकका आधारमा ओमिक्रोनले कोभिड-१९ खोपको प्रभावकारिता समेत घटाउन सक्ने तर डेल्टाभन्दा कम घातक रहेको पनि डब्ल्यूएचओको विश्लेषण छ ।

‘ओमिक्रोनविरुद्ध खोपको प्रभावकारितासम्बन्धी उपलब्ध तथ्यांक सीमित छ र स्वतन्त्र रुपमा विश्लेषण हुन बाँकी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर प्रारम्भिक प्रमाण र निकै परिवर्तित भएको ओमिक्रोनको स्पाइक प्रोटिनसम्बन्धी विवरणले यसको संक्रमण तथा विस्तारविरुद्ध खोपको प्रभावकारिता घट्ने देखाउँछन् ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2022 Pokharaaaja