बालिका बलात्कार मुद्दामा १९ वर्षीय युवकलाई १८ वर्ष कैद



पोखरा

१३ वर्षीय बालिका बलात्कार मुद्दामा जिल्ला अदालत संखुवासभाले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ । अदालतले बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला गरेको हो ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja