कांग्रेस सभापतिमा देउवालाई नै अघि बढाउने संस्थापन पक्षको निष्कर्ष



पोखरा

नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरुको बैठक सकिएको छ । १४औँ महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले बताए ।

साझा सभापति चयन गर्न बुधवार देउवा निवास बुढालिनकण्ठमा बसेको देउवा पक्षको समूहले उक्त निष्कर्ष निकालेको हो । देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न सक्ने क्षमता भएकाले उनलाई नै सभापति बनाउने सबै सदस्यहरुको भनाइ रहेको उनले बताए ।

देउवाकै नेतृत्वमा पार्टी जानुपर्छ र उनकै नेतृत्वमा आम निवार्चनमा पार्टीलाई सफलता मिल्छ भन्ने धारण सबैले राखेको डा.महतको भनाइ छ ।

पदाधिकारीको सदस्यहरुको नाम संकलन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । उनले भने,‘त्यस विषयमा अहिल देउवाले छलफल गरिरहेका छन् । ’ केन्द्रीय कार्यसमितिको बैठक भोलि ११ बस्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja