म्याग्दीको केराखेतीमा गवाँरोका कारण किसान चिन्तित



पोखरा

म्याग्दीमा केरा खेतीमा गवाँरो रोगको प्रकोप देखिएको छ । सो रोगका कारण किसान चिन्तित बनेका छन् । गत वर्ष चैतयता केरामा तीन पटक गवाँरो रोग लागिसकेको छ ।

कोसा लाग्ने बेलामा केरामा गवाँरो लागेपछि बोट सुकेका थिए । गत साउनमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पुर्‍याएको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले बताए ।

उनले लगाएका ४०० केराका बिरुवामध्ये ४० भन्दा बढी गवाँरोका कारण मरेका छन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिंगा, थामडाँडालगायत क्षेत्रमा केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका छन् ।

खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै जान थालेपछि सङ्कटमा परेको कार्कीले बताए। यहाँका किसानले धान फल्ने खेतमा केराखेती गर्दैआएका छन् ।

सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले केरा खेतीमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja