लमजुङमा युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ



पोखरा

लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यही अभियानकै क्रममा लमजुङमा फरक क्षमता भएकी २५ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कार आरोपमा प्रहरीले बेँसीसहर नगरपालिका- १० का ४१ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको हो । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास क्षेत्रमा सामान्य ठेक्कापट्टा गर्दै आएका गुरुङले जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको छ ।

उहाँले जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको बताउनु भयाे । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालू आवको साउनदेखि मंसिर २१ सम्म १२ वटा बलात्कारका घटना दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja