च्याम्पियन्स लिग फुटबल: मेस्सी र एमबाप्पेको गोलमा पीएसजीको जित



पोखरा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा क्लब ब्रुग्सलाई ४-१ गोल अन्तरले हराएको छ ।

मंगलबार राति समूह चरणको अन्तिम खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गर्दा पीएसजीले क्लब ब्रुगलाई पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्रुग्सका म्याट्स रिट्सले एक गोल फर्काए ।

यससँगै एमबाप्पेले च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए । पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja