नेपाललाई गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्र घोषणा



पोखरा

‘सेभिङ एसियाज् भल्चर्स फ्रम एक्स्टिन्सन’ (सेभ) ले नेपाललाई गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्र घोषणा गरेको छ । गिद्ध सुरक्षित क्षेत्र भनेर गिद्धको वासस्थानसहित त्यस आसपासको चरन र विचरण गर्ने क्षेत्रलाई मानिन्छ ।

‘सेभ’ एसियाको खतरामा परेका गिद्धहरूलाई बचाउन सहकार्य गर्ने २४ साझेदारहरूको ‘कन्सोर्टियम’ हो । राष्ट्रिय निकुञ्ज तथावन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र नेपाल पंक्षी संरक्षण संघ (बीसीएन) सेभका प्रमुख साझेदार हुन् ।

सेभका अध्यक्ष प्रा. राइस ग्रीनले फार्मेसी सर्वेक्षणहरूमा आधारित भएर नेपाललाई विश्वको पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको बताए । सरकारले पशु चिकित्सामा प्रयोग हुने डाइक्लोफेनेकको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

‘गिद्ध मर्नुको कारण पत्ता लगाउन तत्काल फिल्डबाट शव उठाएर पोस्टमार्टम गर्नु र विषाक्त आहारका कारण कुनै गिद्ध नमर्नुले नेपाल गिद्ध सुरक्षित क्षेत्र भएको प्रमाणित हुन्छ’ उनले भने ।

बीसीएनकी प्रमुख कार्यकारी इशाना थापाका अनुसार गिद्ध सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणा नेपालबाटै सुरु भएको हो ।

‘विश्वमै दुर्लभ डंगर गिद्ध र सानो खैरो गिद्धको घना बासस्थान भएका चितवन, पश्चिम तराई र मध्य पहाडी जिल्लाहरूमा संरक्षणका कार्यक्रमको थालनी सन् २००९ बाट आत्मसाथ गरिएको हो’, उनले भनिन्, ‘समुदाय, पशु चिकित्सक, किसान र स्थानीयहरूको सहयोगका कारण हामीले डाइक्लोफेनेक प्रतिबन्ध गर्न सफल भयौं, आज त्यसको परिणाम पाउन सफल भएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja