‘महाधिवेशनमा धेरै मानिस जम्मा गरेर शक्ति प्रदर्शन गर्दैनाैँ’



पोखरा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनमा धेरै मानिस जम्मा गरेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।

आज साेमवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले महाधिवेशनको उद्घाटनमा नागरिकलाई दुःख दिने गरी भिडभाड नगर्ने बताएका हुन् । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुँदैछ ।

प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानअनुसार एक पटक फेरि सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रहसमेत गरे । उनले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गरे।

आफू अहिले गठबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा फेरि सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उनको भनाइ थियो । साथै, उनले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराए ।

प्रधानमन्त्री देउवाले फरक प्रसङ्गमा सत्ता गठबन्धन दलहरूबीच चुनावी गठबन्धन तत्काल राष्ट्रिय सभा सदस्य चुनावसम्मका लागि तय भएको र बाँकी चुनावमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja