तालिवानलाई पूर्व सुरक्षाकर्मीहरुमाथि भइरहेका आक्रमण तत्काल रोक्न आग्रह



पोखरा

अमेरिका र उसका गठबन्धन देशहरुले अफगानिस्तानमा पूर्व सुरक्षाकर्मीहरुमाथि भइरहेका आक्रमण तत्काल रोक्न माग गरेका छन् ।

अमेरिकासहित २२ देशहरुले एक विज्ञप्ति जारी गर्दै पूर्व सरकारका सुरक्षाकर्मीहरुलाई हमला नगर्न र मुस्लिम शासन सम्मान गर्न माग गरेका हुन् ।

‘तालिवानले ठूलो संख्यामा पूर्वसुरक्षाकर्मी र सरकारी कर्मचारीको हत्या गरेको विवरणप्रति हामी गम्भीर चासो व्यक्त गर्दछौ‌,’ विज्ञप्तिमा भनिएको छ ।तालिवानले पूर्वसुरक्षाकर्मी र कर्मचारीहरुको हत्या गरेको विवरण सार्वजनिक भइरहेका बेला पश्चिमेली देशहरुले चासो जनाएका हुन् ।

यसै साता मानवअधिकारवादी समूह ह्युमन राइट वाचले एक प्रतिवेदन सार्वजनिक गर्दै तालिवानले १०० सुरक्षाकर्मीको हत्या गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja