गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि



पोखरा

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११४ जनामा गरिएको नमुना परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका दुई जिल्लाका छन् । जसअन्तर्गत कास्कीका आठ जना र स्याङ्गजा जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १७ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३८७ पुगेको छ। अहिले प्रदेशभर १५० सक्रिय संक्रमित छन् ।

गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja