कास्कीमा पाउदुरमा बस दुर्घटना, चालकको मृत्यु, आठ जना घाइते



पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालक पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनालको मृत्यु भएको छ ।

पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस बिहान अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटनामा परेको हो ।

अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja