नेपाली महिला क्रिकेट टोली आज मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै



पोखरा

नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको चौंथो खेलमा बिहान ११ : १५ बजे नेपाल र मलेसिया भिड्दैछन् ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राख्न मलेसियालाई जित्नुपर्नेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै नेपालले विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja