निधन भएको हल्लाले ‘मिस्टर बीन’ चिन्तित



पोखरा

सामाजिक सञ्जालमा मंगलबार बिहान ‘मिस्टर बीन’का रुपमा विश्वमाझ चिनिएका हलिउड अभिनेता रोवन एटकिन्सनको निधन भएको खबर एकाएक भाइरल भयो । यी अभिनेताको मृत्युको खबर भाइरल भएपछि सत्य कुरा नबुझी धेरैले उनलाई श्रद्धाञ्जली नै दिए ।

अमेरिकी न्यूज च्यानल फक्सन्यूजको ट्वीटर हेण्डल भनी दाबी गर्ने फेक एकाउण्टबाट उनको निधनको खबर सामाजिक सञ्जालमा आएको थियो । यो फर्जी ट्वीटर हेण्डलको ट्वीटमा एक स्पाम लिंक पनि राखिएको थियो । रोवनका फ्यानहरुले भावुक भएर यो लिंकमा क्लिक गरेपछि मानिसहरु फेक समाचारको शिकार बनेका थिए ।

ट्वीटरमा ‘मिष्टर बीनको ५८ वर्षको उमेरमा कार दुर्घटनामा निधन’ भन्ने समाचार राखिएको थियो । जबकी उनको अहिलेको उमेर ६६ हो । वास्तविकतामा भने रोवन जीवित छन् र उनी स्वस्थ छन् । आफ्नो बारेमा गलत समाचार सार्वजनिक भएपछि रोवन चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja