पप स्टार जस्टिनलाई साउदीमा कन्सर्ट नगर्न आग्रह



पोखरा

पप स्टार जस्टिन बीबर आगामी महिना साउदी अरबमा आफ्नो प्रस्तुति दिँदैछन् । तर यो कार्यक्रममा आफ्नो प्रस्तुति नदिनका लागि उनलाई अपिल भइरहेको छ । यस्तो अपिल दिवंगत पत्रकार र साउदी अरब शासनका आलोचक जमाल खशोगीकी मंगेतरले गरेकी छन् ।

साउदीमा जमालको हत्या भएको थियो । जसको आरोप साउदी अरब सरकारलाई लागेको छ । यहीकारण खशोगीकी मंगेतर हेटिस केंगिजले जस्टिनलाई एक खुला पत्र लेख्दै साउदीमा आफ्नो प्रस्तुति नदिन आग्रह गरेकी छन् । जस्टिन डिसेम्बर ५ मा साउदी अरबको जेद्दाह शहरमा फर्मुला वन रेसमा आफ्नो प्रस्तुति दिँदैछन् ।

द वासिङटन पोस्टले हेटिसको खुला पत्रलाई प्रकाशन गरेको छ । ‘म जस्टिन बीबरसँग आग्रह गर्दछु कि उनी साउदीमा हुने आफ्नो कार्यक्रमलाई रद्द गरेर विश्वलाई एउटा शक्तिशाली सन्देश दिनुहोस् । तपाईं आफ्नो नाम र प्रतिभाको प्रयोग यस्तो शासनको प्रतिष्ठानको वर्णन गर्नका लागि नगर्नुहोस्, जो आफ्नो आलोचकहरुलाई मार्छन् । तपाईं जमालको हत्याराका लागि गीत नगाउनुहोला । कृपया मोहम्मद बिन सलमानको निन्दा गर्नुहोस्, किनकी तपाईंको स्वर करोडौं मानिसहरुले सुन्छन्’, उनले लेखेकी छन् ।

आलोचक र पत्रकार जमाल खशोगीको हत्यापछि सन् २०१८ तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा एक खुफिया रिपोर्ट सार्वजनिक गरिएको थियो । जसमा जमालको हत्याको आरोप साउदी अरबका युवराज मोहम्मद बिन सलमानमाथि लगाइएको थियो । यद्यपि मोहम्मदले यो आरोप अस्वीकार गरेका थिए ।

एफवान रेसको म्यूजिक कार्यक्रमका लागि र्‍यापर एएसएपी र की, डीजे डेविड गुएटा, टिएस्टो र गायक जेसन डेरुलोको नाम पनि छ । सन् २०१८ अक्टोबरमा टर्कीमा साउदी एजेण्टले खशोगीको हत्या गरेपछि साउदी अरबमा मारिया केरीले प्रस्तुति दिएकी थिइन् । उनलाई पनि कार्यक्रम बहिस्कारका लागि अपिल गरिए पनि उनले मानेकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja