बलिउड अभिनेत्री प्रीतिले दिइन जुडुवा बच्चाको जन्म



पोखरा

बलिउड अभिनेत्री प्रीति जिन्टाले जुडुवा बच्चाको जन्म दिएकी छन्।

बिहीबार उनले इन्स्टाग्राममार्फत यस्तो जानकारी दिएकी हुन्। उनले पति जीन गुडइनफसँग तस्बिर सेयर गर्दै डाक्टर, नर्स तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छन्।

उनले बच्चाको नाम जय र जिया राखेकी छन्।

प्रितिले श्रीमानसँगको तस्वीर राख्दै लेखेकी छन्, ‘जीन (श्रीमान) र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गरेका छौं ।’

प्रीति जिन्टा र जीन गुडइनफले सन् २०१६ को फ्रेबुअरीमा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja