आज नेपालले कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै



पोखरा

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै छ।

कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा अपरान्ह पौने चार बजे नेपाल घरेलु टीमविरुद्ध मैदान उत्रनेछ । नेपाल आजको खेलमा पनि सहज जित निकालेर सिरिज कब्जा गर्ने मनस्थितीमा छ।

यो सिरिजको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको थियो। तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

सिरिज अन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते हुनेछ। त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ।

छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईसहित ६ राष्ट्र सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja